पुर्चौडी नगरपालिकामा आज सार्वजनिक बिदा

दार्चुला । प्रसिद्ध एकादशी मेलाको लागि बैतडीको पुर्चौडी नगरपालिकाले आज सोमबार एक दिन सार्वजनिक बिदा दिएको छ ।
कात्तिक २९ गते आज हरिबोधनी एकादशीका दिन ‘गिरेगडा काफलखाना मेला’ लाग्ने भएकोले सो दिन नगरक्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

नगरकार्यपालिकाको बैठकको निर्णयअनुसार नै सोमबार सार्वजनिक बिदा भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले जानकारी दिनुभयो ।

हरेक बर्षक कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीका दिन गिरेगडा कफलखाना मेला लाग्ने गर्दछ । गिरेगडा कफलखाना मेला सो क्षेत्रको ठूलो मेलाको रुपमा लिइने गरेको पुर्चौडीबाट लोकदर्पण समाचारदाता हरिसिह साउदले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?