दार्चुला । डोटीमा एक दम्पतीले घरनजिकै झुण्डिएर मृत अवस्थामा भेटिएका छन् ।
जिल्लाको शिखर नगरपालिका (१ का २२ बर्षीय डिल्लीराज भट्ट र उहाँकी पत्नी २० वर्षीया पशुपति भट्ट मंगलबार साँझ घरभन्दा तल रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
दुबैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीका सहायक प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो ।
स्थानीयका अनुसार यो दम्पतिले एक वर्षअघि प्रेम विवाह गरेको थियो । आत्महत्याको कारण खुल्न नसकेको प्रहरी निरीक्षक चन्दले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया