प्रहरी हिरासतभित्र ७७ वर्षीया वृद्धाको मृत्यु

दार्चुला । जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा ७७ वर्षीया एक वृद्धाको मृत्यु भएको छ। कर्तव्य ज्यान मृद्दामा २० कात्तिकदेखि हिरासतमा रहेकी केदारस्युँ गाउँपालिका–२ महर गाउँकी कृष्णादेवी रावलको शनिबार बिहान मृत्यु भएको हो।

कर्तव्य ज्यान मृद्दामा २० कात्तिकदेखि हिरासतमा रहेकी रावलको बिहान हिरासतमा अचेत भइ अस्पताल पुर्याउदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । ‘बिहान हिरासतभित्र सुरक्षाकर्मी लगायत हिरासतमा रहेकाहरु चिया पिईरहेका थिए, उहाँपनि चिया पिउँदै हुनुहुथ्यो, चिया पिउँदापिउँदै एक्कासी अचेत हुनुभयो’’ डिएसपी ज्ञानबहादुर बिष्टले भन्नुभयो, अचेत भएपछि जिल्ला अस्पताल पठायौ र अस्पतालले मृत घोषणा गर्यो।

मृतक रावल र उनका छोरा जय बहादुर रावल बुहारी हत्याको आरोपमा हिरासतमा रहेका थिए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?