दार्चुला। दार्चुला जिल्लाकै सर्वाधिक धनराशी भएको खुल्ला पुरुष भलिवल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सभा सदस्य गेल्वुसिह वोहराले एक औपचारीक कार्यक्रमका बिच उद्धघाटन गर्नुभयो । व्यासँ गाउँपालिकाको सान, युवा खेलाडीको सम्मान, सदभाव, शान्ती र सम्वृद्धि हाम्रो पहिचान, भने मुल नाराका साथ प्रतियोगिता शुरु गरिएको हो ।
उदयमान खेलाडीको सहभागिता गराउने गरि छाङ्गरु खेलकुद तथा सांस्कृतिक समितिले अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर जिल्ला सदरमुकाम खलंगाको खुलामञ्चमा भलिवल प्रतियोगिता आजदेखि शुरु गरेको हो । प्रतियोगिता सञ्चालनका लागि ब्याँस गाउँपालिकाले चालु आर्थिक वर्षमा ५ लाख बजेट विनियोजन गरेको छ । खुला पुरुष भलिवल प्रतियोगितामा जिल्लाबाहिरका एक टिममा तीन जना खेलाडी सहभागिता गराउन सकिने प्रावधान राखिएको छ । प्रतियोगितामा शनिबारसम्म जिल्ला भित्रका १२ टिमको सहभागीता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले एक लाख ११ हजार १११ नगदसहित, शिल्ड, मेडल पाउनेछन । द्वितीय हुने टिमलाई ५५ हजार ५५५ नगदसहित शिल्ड, मेडल प्रदान गरिने आयोजकले जनाएको छ । खेलमा उत्कृष्ट खेलाडी, वेष्ट डिफेन्डर, वेस्ट सटर, वेस्ट स्पाईकर र अनुशासित टिमलाई ट्रफि प्रदान गरिने आयोजनकले जनाएको छ ।
कार्यक्रमको उद्घाटन समारोहलाई सम्वोधन गर्दै सुदूरपश्चिम प्रदेश सभाका सदस्य गेल्बुसिह वोहराले खेलकुदले खेलाडीको स्वास्थ्य राम्रो हुनुका साथै जिल्लाको पहिचान समेत देश, विदेशमा फैलिने भन्दै आयोजकलाई धन्यबाद व्यक्त गर्नुभयो । जिल्ला सदरमुकाम खलंगा क्षेत्रको एक मात्रै खेलमैदान २०७० सालको महाकाली नदीको बाढी र पहिरोले काटन गरेको भन्दै जिल्लामा खेलमैदानको आवश्यकता रहेको उहाँको भनाई छ । दार्चुला सदरमुकाममा स्थानीय सरकारले जग्गाको व्यवस्थापन गरेर तीनै तहको सरकारको साझेदारीमा ईन्डोर सहितको कबडहल र खेल मैदानको निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समति दार्चुलाका प्रमुख करविर बहादुर कार्की, व्यास गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकी, दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की, नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामी, जिल्ला खेलकुद विकास समिति अध्यक्ष उमेशराज जोशी लगायत जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, खेलाडी र खेलप्रेमीहरुको सहभागिता रहेको थियो । खेलको उद्घाटन सत्रमा व्यासीसौँका समुदायको पहिचान झल्किने झाँकी प्रस्तुत गरीएको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया