बैतडी कांग्रेश अधिवेसनः (क) क्षेत्रमा विष्णुप्रसाद भट्ट र (ख) मा  शिवराज भट्ट प्यानल विजयी

दार्चुला । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा शनिबार सम्पन्न भएको प्रदेश क्षेत्रीय अधिवेशनको नतिजा आएको छ । बैतडी प्रदेश सभा क्षेत्र (ख) को सभापतिमा शिवराज भट्ट ३४५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी महेशदत्त भट्टले ३०९ मत प्राप्त गरेका छन् ।

यस्तै उपसभापतिमा नरेशबहादुर चन्द ३६९ र मोहनबहादुर चन्द ३४९ मत ल्याएर विजयी भएका छन् । उनीहरुका निकटतम् प्रतिद्वन्दी देवबहादुर चन्दले २७१ र राकेशसिंह बिष्टले २१४ मत प्राप्त गरे । यस्तै सचिवमा देवदत्त भट्ट ३७५ र धनबहादुर क्षेत्री ३४७ मत ल्याएर विजयी भएका छन् । उनीहरुका निकटतम प्रतिद्वन्दी कृष्णबहादुर बोहराले २२८ र प्रेमबहादुर चन्दले २६५ मत ल्याएका छन् ।

यस्तै सहसचिव पदमा महादेवसिंह धनाडीले ३६५ र महेशसिंह बिष्टले ३७९ मत ल्याएर विजयी भएका छन् । उनीहरुका निकटतम् प्रतिद्वन्दी रतनसिंह कार्कीले २३६ र रमेश मेहताले २२५ मत ल्याएका मतदान अधिकृत घनश्याम लेखकले बताउनुभयो ।

बैतडी प्रदेश सभा क्षेत्र (ख) मा जिल्ला सभापतिका उम्मेद्वार चतुरबहादुर चन्दको प्यानलले पदाधिकारीमा विजय हाँसिल गरेको हो । क्षेत्र नं (ख) ६७५ मत खसेको थियो ।

यसैबिच बैतडी प्रदेश सभा क्षेत्र (क) को सभापतिमा विष्णुप्रसाद भट्ट ३१९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी हिमालयबहादुर बमले ३१५ मत प्राप्त गरेका छन् । यस्तै उपसभापतिमा कर्णबहादुर जागरी ३४२ र हर्कबहादुर बिष्ट ३२८ मत ल्याएर विजयी भएका छन् । उनीहरुका निकटतम् प्रतिद्वन्दी नवीनराज अवस्थीले २५९ र राजेन्द्रप्रसाद अवस्थीले २६२ मत ल्याए ।

यस्तै सचिवमा रिकेशबहादुर बोहरा ३३७ र तेजबहादुर साउँद ३४४ मत ल्याएर विजयी भएका छन् । उनीहरुका निकटतम प्रतिद्वन्दी भुवनराज भट्टले २४९ र अमरसिंह धामीले २५६ मत ल्याएका छन् । यस्तै सहसचिव पदमा अम्बादत्त पन्त ३५२ र दीपकसिंह धामी ३२६ मत ल्याएर विजयी भएका छन् । उनीहरुका निकटतम् प्रतिद्वन्दी गणेशसिंह साउँदले २५२ र रामचन्द्र महराले २४७ मत ल्याएका मतदान अधिकृत रनबीरसिंह धामीले बताए ।

बैतडी प्रदेश सभा क्षेत्र (क) जिल्ला सभापतिका उम्मेद्वार शिवराज भट्टको प्यानलले पदाधिकारीमा विजय हाँसिल गरेको हो । क्षेत्र नं (क) मा ६४५ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?