दार्चुला । बझाङमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको बुङ्गल नगरपालिका–५ का १२ वर्षीय बिरे कुँवरको राष्ट्रिय प्रसारण लाइनको पोलमा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार बेलुकी करेन्ट लागेर घाइते भएका उनको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचारका क्रममा ज्यान गएको हो । १२ बर्षीय कुवँरको ज्यान गएपछि परिवार शोकमा डुबेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया