दार्चुला । डोटीमा जिपबाट खसेर एक बालिकाको मृत्यु भएको छ । दिपायलबाट डडेल्धुरा गइरहेको से १ ज ७१६ नम्बरको जीपबाट खसेर डोटीको शिखर नगरपालिका–८ की १५ वर्षीया आशा विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी आशाकको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । जिप चालक डडेल्धुराको अमरगढी नगरपालिका–१ का ३० वर्षीय खडकबहादुर ऐरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




