दार्चुला । नेपाल आर्मी क्लबबाट खेल्दै आएका दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ घर भएका राजेन्द्र बिष्ट बंगलादेशको ढाकामा आयोजना हुने एभीसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको लागि राष्ट्रिय पुरुष भलिबल टोलीको प्रारम्भिक टोलीमा स्थान बनाउन सफल भएका छन् ।
शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको छनोटबाट २० सदस्यीय टोली छनोट हुँदा आर्मिका राजेन्द्र बिष्ट प्रारम्भिक टोलीमा पर्न सफल भएका हुन् । पुरुष टोलीका डच प्रशिक्षक हान एबिङले एभिए क्लब च्याम्पियनसिप खेलेका ३३ खेलाडीबाट २० खेलाडीले प्रारम्भिक चरणमा स्थान बनाएको जानकारी दिनुभयो । आर्मिका राजेन्द्रले नेपालमा सन् २०१९ एसियन सिनियर सेन्ट्रोल जोन मा र १३औं दक्षिण एसियाली खेलकुद मा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
एभीसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिप आगामी डिसेम्बर २१ देखि २९ सम्म सञ्चालन हुँदैछ । बन्द प्रशिक्षणमा छनोट भएका २० खेलाडीहरुमा इम बहादुर राना, हरि थापा, दुर्गा महतो, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, राजेन्द्र विष्ट, धिरज बस्नेत, टेकराज अवस्थी, विजय थापा, दिलबहादुर सुनार, हरि बहादुर अधिकारी, दुर्गाबहादुर खड्का, भैरव बम, दिपकराज जोशी, विशाल विक, सरन सामरी क्षेत्री, रविन चन्द, झमनसिंह दर्जी, विनोद चन्द र इश्वर थापा रहेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया