दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिम प्रदेश सरकार तत्काल परिवर्तन नहुने बताउनुभएको छ । आज बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश सरकार तत्काल परिवर्तन नहुने बताउनुभएको हो । उहाँले वर्तमान सरकारलाई तदारुकताका साथ काम गर्न आग्रह गर्नुभयो ।
यसैगरी, उहाँले एमसीसीको विषयमा सबैसंग सल्लाह गरेर अगाडि बढ्ने बताउनुभयो । तीन तहको चुनाव एकसाथ गर्नु पर्ने प्रचण्डको जोड छ । यसो गरेमा खर्च कम हुने उहाँको भनाई छ।
भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन र आफ्नो पार्टीको कार्यक्रमका लागि अध्यक्ष प्रचण्ड कैलाली आउनुभएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया