दार्चुलामा ढुगां लागेर शिक्षिकाको मृत्यु

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा ढुगां लागेर एक जना शिक्षिका (शिक्षक) को मृत्यु भएको छ । अपिहिमालको वडा नम्बर ३ घाजिर घर भइ शिद्धनाथ आबि घाजिरमा कार्यरत बालबिकास सहजकर्ता (शिक्षिका) दमयन्ती मन्यालको ३६ बर्षको उमेरमा मृत्यु भएको हो ।

थुमनि खन्ने बेला माथिबाट ढुगां आएर गम्भीर घाइते भएका मन्यालको घर ल्याउने क्रममा बाटोमै ज्यान गएको वडा सदस्य गजेन्द्रसिह धामीले जानकारी दिनुभयो । मृतक मन्यालका तीन छोरा रहेका छन् । शिक्षिका मन्यालको अल्पायुमै निधन भएपछि परिवार र आफन्तजन शोकमा डुबेका छन् ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?