काँग्रेस कञ्चनपुरको सभापतिमा बोगटी निर्वाचित

दार्चुला । नेपाली काँग्रेस कञ्चनपुरको सभापतिमा पदम बोगटी निर्वाचित हुनु भएको छ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कञ्चनपुरमा शुक्रबार देखि सुरु भएको जिल्ला अधिवेशनमा शनिबार मतदान भई आइतबार अपराह्न सम्पन्न मतगणनाको परिणाम अनुसार बोगटी सभापतिमा निर्वाचित हुनु भएको हो । सभापति पदमा निर्वाचित पदम बोगटीले ८०६ मत प्राप्त गर्नु भएको छ । सभापति पदका अर्का उम्मेदवार बहादुर सिंह थापाले ७१५ मत मात्रै प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै, नेपाली काँग्रेस कञ्चनपुरको उपसभापतिमा मीन बहादुर सिंह ७८६ र हरिचन्द्र राना ७६३ निर्वाचित हुनुभयो । सचिवमा भीमराज भट्ट ७२८ र हेमराज ओझा ६९४ निर्वाचित हुनुभएको छ । सहसचिवमा नाफु सिंह साउद ७२६ र पुष्कल चौधरी ६७४ निर्वाचित हुनु भएको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?