दार्चुला । नेकपा माओवादी केन्द्र पुर्चौंडी नगर कमिटीको अध्यक्षमा आनन्दसिंह धामी चयन हुनुभएको छ । माओवादी केन्द्रको पुर्चौंडी नगर सम्मेलनले धामीको अध्यक्षतमा ६५ सदस्यीय नगर कमिटी चयन गरेको हो । आइतबार उद्घाटन भएको सम्मेलन अन्तरगत आज बन्द सत्रबाट नेतृत्व चयन गरिएको हो ।
नगर कमिटी उपाध्यक्षमा उज्वलसिंह साउँद, मने लुहार र लिला जोशी चयन भएका छन् । सचिवमा धर्मानन्द बडू, कार्यालय सचिवमा जनकबहादुर धानुक, सहसचिवमा निराजन ढुंगाल, कोषाध्यक्षमा पुष्कर बिष्ट चयन भएको पुर्चौडीबाट लोकदर्पण समाचारदाता हरिसिह साउदले जानकारी दिनुभयो ।
यस्तै प्रेमराज अवस्थीको संयोजकत्वमा २१ सदस्यिय जेष्ठ कम्युनिष्ट मञ्च गठन गरिएको छ । खगेन्द्र कुवँरको संयोजकत्वमा ५१ सदस्यिय सल्लाहकार समिति चयन भएको छ । सम्मेलनको अवसरमा एमाले र कांग्रेश पार्टी परित्याग गरी २८ जना कार्यक्रताले माओबादीमा प्रवेश गरेको बताइएको छ । उनिहरुलाई माओबादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले टिका लगाएर स्वागत गर्नुभयो ।
माओवादी केन्द्रले मंसिर २५ गते अघि नै पालिका सम्मेलन गरिसक्ने लक्ष्य लिएको छ । अहिले सम्म दोगडाकेदार गाउँपालिका, सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकामा सम्मेलन सम्पन्न भई सकेको बताइएको छ । दार्चुलामा समेत मंसिर १९ गतेभित्र सबै पालिकाको सम्मेलन सम्पन्न गर्नेगरी माओबादी केन्द्रले समय तालिका सार्वजनिक गरेको छ । दार्चुलाको मार्मा, नौगाड र शैल्यशिखरमा पालिका सम्मेलन सम्पन्न भइसकेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया