दार्चुला । नेपाली कांग्रेश दार्चुलाका नेता एबं शैल्यशिखर नगरपालिकाका नगरप्रमुख अमरसिंह धामीले मन्त्री दिलेन्द्रप्रसाद बडूको खुट्टा नढोगेकै कारण आफुले पराजित हुनुपरेको बताउनुभयो । जिल्ला सभापतिमा पराजित भएपछि पत्रकार सम्मेलन गर्दै उहाँले भन्नुभयो, मैले सधैभरी बडू सरको खुट्टा ढोगेर बस्नुपर्दो रहेछ, त्यो नै मेरो गल्ती भयो । केहि चम्चाहरुको संरक्षण गर्नका लागि आफुलाई पराजित गर्न नेताहरुले अभियान चलाएको उहाँको भनाई छ । चम्चाले भाँडोमा भएको खानेकुरा खादाखादै सिद्धाउछ, त्यस्तै यि चम्चाहरुले पार्टी सिद्धाउन लागेको छन, उहाँले भन्नुभयो ।

सातौँ जिल्ला अधिवेसनबाट सभापतिमा पराजित भएका शैल्यशिखर नगरपालिका नगर प्रमुख समेत रहनुभएको नेता धामीले मतका हिसाबले हारेपनि राजनीतिक हिसाबले आफुले जितेको धारणा राख्नुभयो, मेरो मतको संख्या हेर्दा उच्च रहेको र मेरो प्रतिस्पर्धा ललितसिह वोहरासंग नभई बाहालवाला मन्त्री दिलेन्द्रप्रसाद बडू, दुुहु सरकार, व्यास सरकार, महाकाली नगर सरकार र नेता जगदिश पाल लगायतसंग भएको उहाँले स्पष्ट पार्नुभयो । नगरप्रमुख धामीले म एक्लै संग ३ सय भन्दा बढि मत प्राप्त भएको र यसरी हेर्दा तिनिहरुसंग सय/सय मत पनि नभएको स्पष्ट हुने दावी गर्नुभयो । पार्टीभित्र राजनीतिक युद्ध गर्न र भागबण्डाको राजनीतिक गर्न आफुहरुले तयार हुनुपर्ने उहाँको भनाई छ । मन्त्री बडूले गुट चलाएकै कारण दार्चुलामा कांग्रेश कमजोर बन्दै गएको नेताहरुको भनाई छ ।

आफुले भूगोल, क्षेत्र, जाती सबै मिलाएर कार्यकर्ताको गुनासो समेत सम्बोधन गरेर अगाडी बढ्न मन्त्री बडूलाइ अनुरोध गर्दा आफ्नो कुरा हावामा उडाइएको नेता धामीले बताउनुभयो । चुनावको बेला सुनेका जनगुनासा सम्बोधन गरेर जाउँ भन्दा उहाँले यि गुनासा बिक्रम धामी र मदन गिरीका मात्रै हुन कि अरुका छन ? भन्नुभयो मैले मदन र बिक्रमको कुरा नगर्नुहोस जनस्तरको गुनासा हुन भनेर भनेको नेता धामीले बताउनुभयो ।

दार्चुला काँग्रेसले संस्थापन पक्ष र पुराना नेताहरुलाई चरम असहयोग गरेको, पार्टी नेतृत्वले आर्थिक प्रतिवेदन सार्वजनिक नगरेको, नेतृत्व चयनमा क्षेत्र, भूगोल नसमेटेको, चुनावमा सिण्डिकेट लागु गरेको, स्वतन्त्र मतदान नभएको मन्त्रीले गुट चलाएको, आसेपासे र चम्चाहरुलाई मात्रै पद दिएको लगायत विभिन्न आरोप नेताहरुको छ ।

नेता अमरसिंह धामीको पुरै भाषण हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?