दोगडाकेदारमा जिप दुर्घटना, तीन जना घाइते

दार्चुला : बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बैतडीको गोठलापानीबाट दोगडाकेदार ४ बसाली तर्फ गईरहेको से १ ज २२६ नम्बरको जिप बिहीबार दिउँसो ४बजेतिर दोगडाकेदार गाउँपालिका ३ तारल भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर बैतडीको दोगडाकेदार गाउँपालिका ५ न्वालीका १४ बर्षीय भीम धामी, सोही ठाउँका २५ बर्षीय दीपकसिंह कार्की र प्रहरी जवान समेत रहेका दशरथचन्द नगरपालिका ११ बर्तोलीका डम्मर महरा घाइते भएका छन् । उहाँहरुलाई उपचारका लागि धनगढी पठाइएको खोचलेक प्रहरीचौकीका प्रमुख प्रहरी नायव निरीक्षक मोती बमले बताउनुभयो ।

जिप सडकबाट करीब ५० मिटर तल खसेको छ । सडक चिप्लो भएका कारण जिप चिप्लेर दुर्घटनामा भएको हुन सक्ने प्रहरीले जनाएको छ । जिपमा १० जना सवार रहेका बताइएको छ । जिप चालक भने फरार रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?