दार्चुला । बैतडीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ८ स्थित कालपोखरी भन्ने स्थानमा अन्दाजी ५० वर्षीय कटकसिँह बोहरा मृत फेला परेका प्रहरीले जनाएको छ । बोहराको शव आज दिउँसो ४ बजे फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।
सिगास गाउँपालिका ८ पुनै डुङरी घर भएका बोहरा यही मंसिर १३ गते कालपोखरी मेलाबाट हराएका थिए । खोजी गर्दै जाँदा आज उनको शव फेला परेको प्रहरीले जनाएको छ । यता बोहराका आफन्तले भने हत्याको आशंका गरेका छन् । उनीहरुले घटनाको छानबीन गर्न माग गरेका छन् ।
घटनाका बिषयमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट अनुसन्धान टोली खटिसकिएको प्रहरी प्रवक्ता खड्काले बताउनुभयो । घटनाको थप अनुसन्धान भईरहेको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया