डाडाकोटमा सम्पन्न भलिवल प्रतियोगिताको उपाधी प्रेमनगर स्पोर्ट मालिकार्जुनलाई

दार्चुला । वडा खेलकुद बिकास समिति मालिकार्जुन गाउँपालिका वडा नम्बर ५, डाडाँकोटले आयोजना गरेको भलिवल प्रतियोगिता सम्पन्न भएको छ । बिविवार देखी मालिकार्जुन गाउँपालिकाको डाडाँकोटमा सञ्चालन भएको भलिवल प्रतियोगिता आज सम्पन्न भएको हो ।

आठ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रेमनगर स्पोर्ट मालिकार्जुन प्रथम भएको छ । प्रतियोगितामा मल्तडी मालिकार्जुनले द्धितिय स्थान हात पारेको छ भने श्री कृष्ण माबि डाडाकोटले तृतिय स्थान हात पारेको मालिकार्जुन स्पोर्टका टिम क्याप्टेन बल्देब सिह धामीले जानकारी दिनुभयो ।

प्रथम टीमलाइ रु १० हजार ५५ नगदसहित सिल्ड मेडल प्रमाणपत्र, द्धितियलाइ ५ हजार ५५ सहित सिल्ड मेडल प्रमाणपत्र र तृतिय टिमलाइ २ हजार बिस नगद सहित सिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ ।

उक्त खेलमा प्रेमनगर स्पोर्ट टीमका टिम कप्तान बल्देब सिह धामी बेष्ट पिलियरको रुपमा सम्मानित हुनुभएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?