दार्चुला । अखिल नेपाल महिला संघ दोगडाकेदार गाउँपालिकाको प्रथम पालिका अधिबेशन नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । दोगडाकेदार गाउँपालिका ईन्चार्ज शुसिला मडैको अध्यक्षता तथा नेकपा एमाले प्रदेस कमिटी सदस्य एबं दोगडाकेदार गाँउपालिका अध्यक्ष चक्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा अधिबेशन आयोजना गरिएको हो ।
अधिवेसनबाट गोमती लावड (लुहार) को अध्यक्षतामा ७५ सदस्सिय अखिल नेपाल महिला संघ गठन गरिएको नेकपा एमाले दोगडाकेदार गाउँपालिका कमिटी अध्यक्ष काशिसिंह बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार कमिटी उपाध्यक्षमा बागमती साउद र सचिबमा सरस्वती बिष्ट चयन हुनुभएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया