भारतमा सेनाको कारबाहीमा कम्तिमा ११ जना सर्वसाधारणको मृत्यु

काठमाडौं । भारतको नागाल्यान्डमा सुरक्षाकर्मीको गोली लागेर ११ जना सर्वसाधारणको मृत्यु भएको छ । नागाल्यान्डको ओटिङ इलाकामा शनिबार राति सेनाको कारबाहीमा उनीहरुको मृत्यु भएको हो । आधिकारिक रुपमा कति व्यक्तिको मृत्यु भएको छ भन्नबारे केही बताइएको छैन ।

समाचार एजेन्सी पीटीआईका अनुसार कम्तिमा ११ जनाको मृत्यु भएको बताइएको छ । नगा पीपल्स फ्रन्ट पार्टीकोे नेता तथा नागाल्यान्ड राज्यको पूर्व मुख्यमन्त्री टी।आर।जेलियांगले १३ जनाको मृत्यु भएको दाबी गरेका छन् ।

घटनाप्रति केन्द्रीय गृहमन्त्री तथा राज्यका मुख्यमन्त्रीले दुःख प्रकट गर्दै उच्चस्तरीय जाँचबुझ कमिटी गठन गर्ने बताएका छन् । घटना जाँचबुझका लागि सेनाले कोर्ट अर्फ इन्क्वाएरी गठन गरेको छ ।

मोन क्षेत्रलाई नागा समूह एनएससीएन तथा उल्फाको गढ़ मानिन्छ । यो घटना राज्यमा मनाइने लोकप्रिय पर्व हार्नबिल फÞेस्टिवलको ठीक अघि भएको छ । भारतीय सञ्चार माध्यमले असम राइफÞल्सका अधिकारीहरुको हवाला दिँदै उग्रवादीहरुमाथि कारबाही गर्दा सर्वसाधारण मारिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?