दार्चुला । बैतडीको पञ्चेश्वर गाउँपालिकामा आगामी पुस ५ गते देखि ८ गते सम्म चौथो अध्यक्ष कप जिल्ला स्तरीय खुल्ला पुरुष (अन्तरपालिका) भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको प्रथम पुरुस्कार १ लाख १० हजार १ सय १ रुपैया, कप मेडल र प्रमाणपत्र राखिएको छ । द्वितीय पुरस्कार ७५ हजार १ सय १ रुपैया कप मेडल र प्रमाणपत्र, तृतीय पुरुस्कार ५० हजार १ सय १ रुपैया कप, मेडल र प्रमाणपत्र राखिएको छ । यसैगरी सान्त्वना पुरुस्कार ३० हजार १ सय १ रुपैया कप मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
पञ्चेश्वर ३ को कुलाउमाविको खेलमैदानमा आयोजना हुने प्रतियोगितामा जिल्लाभित्रका संघ सस्था र विद्यालयहरुले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा जिल्ला बाहिरका खेलाडी र विभागीय खेलाडीले भने सहभागिता जनाउन पाउने छैनन् । टिमदर्ता ५ हजार १ सय रुपैया तोकिएको छ । पुस ३ गते ५ बजे भित्र टिम दर्ता गरिसक्नु पर्ने छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया