भारतीय सेना प्रमुख बिपिन रावत सवार हेलिकप्टर दुर्घटनाग्रस्त

दार्चुला । तमिलनाडुको नीलगिरी जिल्लाको कुन्नुरमा आज बुधवार भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा परेको छ । दुर्घटनाग्रस्त हेलिकप्टरमा भारतीय सेना प्रमुख (सीडीएस) बिपिन रावत आफ्ना कर्मचारी र परिवारका सदस्यसहित सवार हुनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हेलिकप्टरमा सेनाका केही उच्च अधिकारी पनि रहेका थिए । हेलिकप्टरमा १४ जना सवार रहेको एएनआईले जनाएको छ । हेलिकप्टरमा सवार सबै एक कार्यक्रममा सहभागी हुन गइरहेका थिए । दुर्घटनाग्रस्त हेलिकप्टरबाट तीन जनालाई बचाइएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

दुर्घटनाग्रस्त भएको सेनाको यो हेलिकप्टर एमआई सिरिजको थियो । यसमा दुई वटा इन्जिन हुन्छ र यसलाई सुरक्षित मानिन्छ । रावतलाई गएको जनवरी १ मा देशका पहिला सीडीएस नियुक्त गरिएको थियो ।

हेलिकप्टर दुर्घटनाको कारण पत्ता लगाउनका लागि जाँचको आदेश दिइएको वायु सेनाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?