सुदूरपश्चिममा १३ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको आशंका

दार्चुला । सुदूरपश्चिममा १३ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण भएको आशंका गरिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले संक्रमण पुष्टि भएका १३ जनाको भेरियन्ट पत्ता लगाउन स्वाब काठमाडौँ पठाइएको छ ।

कञ्चनपुरको गड्डाचौकी नाकामा एन्टिजेन पुष्टि भएका तीनजना र सेती प्रादेशिक अस्पतालमा कोभिड पुष्टि भएका १० जना गरी १३ जनाको स्वाब काठमाडौँ पठाइएको हो । सङ्क्रमण पुष्टि भए पनि भेरियन्ट पत्ता लगाउनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाइएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले जानकारी दिनुभयो ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण नेपालमा पनि पुष्टि भएपछि भेरियन्ट पत्ता लगाउन सङ्क्रमण पुष्टि भएकाको स्वाब काठमाडौँ पठाइएको उहाँले बताउनुभयो ।

कुन भेरियन्ट हो भनेर हेर्नका निम्ति भाइरसको डिएनए वा आरएनएमा रहेका तत्वको क्रम अर्थात् सिक्वन्स हेर्नुपर्ने भएकाले कोरोना पुष्टि भएकाको स्वाब काठमाडौँ पठाउन थालिएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?