दार्चुला । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्युु भएको छ । शनिबार राति जिल्लाको लालझाडी गाउँपालिका(६ को ढक्का बस्ने ४५ वर्षीय खगिराज रानाको हात्तीको आक्रमणबाट मृत्युु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले हात्तीको आक्रमणबाट गम्भीर घाइते भएको रानाको सेतीप्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्युु भएको जानकारी दिनुभयो । उहाँका अनुसार राति करीब १० बजेतिर शुक्लाफाँटा राष्ट्रिय निकुुञ्ज क्षेत्रबाट बस्तीमा पसेको हात्तीको बथानले रानामाथि आक्रमण गरेको थियो ।
हात्तीले सोही ठाउँमा खरले छाएका १५ वटा घरमा पनिक्षति गरेको प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया