महेन्द्र नमुना माबिमा असहायको लागि छात्रवास सञ्चालनमा आएपछि सहज (भिडियोसहित)

दार्चुला । दार्चुला सदरमुकाम खलंगामा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयमा अनाथ एवम् टुहुरा बालबालिकाको लागि छात्रावास निर्माण भएपछि अनाथ बालबालिकालाई अद्ययन गर्न सहज भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमार्फत शिक्षा विकास निर्देशनालयद्वारा करिव ७० लाख रुपियाँको लागतमा अनाथ बालबालिकालाई लक्षित गरी महाकाली नगरपालिका वडा नम्बर ४ मा रहेको महेन्द्र नमुना माबिमा छात्रबास निमार्ण गरिएको हो ।

उक्त छात्रबासको उदघाटन सुदूरपश्चिम प्रदेश सभाका उप–सभामुख निर्मला जोशीले गर्नुभएको थियो । अहिले दार्चुलाका १५ जना असहाय/अनाथ बालबालिकाहरु यसै छात्रावासमा बसेर अध्ययन गर्दै आईरहेको महेन्द्र नमुना माबिका प्रधानाद्यापक रामदत्त जोशीले जानकारी दिनुभयो । छात्रावास सञ्चालनमा आएपछि सहयोगी हातहरु पनि आइरहेका छन्, उहाँले भन्नुभयो, जन्मदिन, विवाह पार्टी आदि यहि छात्रावासमा आएर मनाउने क्रम सुरु भएको छ ।

यो छात्रबासमा घरको भन्दा राम्रो वातावरण भएकोले आफुहरुलाई अध्ययन गर्न निकै सहज भइरहेको छात्रबासमा बस्दै आइरहेका अनाथ बिद्यार्थी सुवास जोशीले बताउनुभयो । प्रदेश सरकारले भवन निर्माणमा सहयोग गरेका कारण आफनो उज्वल भविष्य निर्माणको लागि अध्ययन गर्न आउने अनाथ बालबालिकाहरुको बासको ब्यवस्था भएको छ । केही बर्ष पहिलेसम्म विद्यार्थी बसाउनको लागि भौतिक पूर्वाधार नभएको महेन्द्र नमुना मावि खलंगाले अहिले भौतिक पुर्वाधार निर्माणमा प्रगति गर्दै गएको छ । पछिल्लो समयमा आएर यो विद्यालय असहाय र बेसहाराका लागि पनि सहारा बनेकोमा अभिभावकहरुलाई पनि खुसी लागेको अभिभावक गंगादत्त जोशीले बताउनुभयो ।

छात्रबासबारे विस्तृत जानकारीका लागि भिडियो हेर्न यहाँ क्लिन गर्नुहोस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?