महेन्द्रनगर विमानस्थल निर्माण गर्न काँग्रेस नेता लेखकद्वारा मन्त्री आलेको ध्यानाकर्षण

दार्चुला । नेपाली काँग्रेस नेता रमेश लेखकले महेन्द्रनगर विमानस्थल निर्माण कार्य अगाडि बढाउन पर्यटनमन्त्री प्रेम आलेको ध्यानाकर्षण गराएका छन् । शनिबार (आज) बिहान मन्त्री आलेलाई भेटेर नेता लेखकले आफ्नो गृहजिल्ला कञ्चनपुरस्थित महेन्द्रनगर विमानस्थलको काम अगाडि बढाउन भनेका हुन् ।

पूर्व भौतिक पूर्वाधारमन्त्री भएका बेला महेन्द्रनगर विमानस्थल बनाउने योजना अगाडि सारेपनि अहिलेसम्म कामले गति लिन नसकेको भन्दै लेखकले मन्त्री आलेको ध्यानाकर्षण गराएका हुन् ।

जवाफमा मन्त्री आलेले चाँडै महेन्द्रनगर विमानस्थलको शिलान्यास गरिने आश्वासन दिएका छन् । महेन्द्रनगर विमानस्थलका लागि आवश्यक बजेटको व्यवस्था गरिसकेको मन्त्री आलेको भनाई थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?