दार्चुला । बैतडीमा लामो समयदेखि क्रियाशिल रुपमा पत्रकारिता गर्दै आउनुभएका पत्रकार विनोद सिंह विष्ट युवा तथा खेलकुद मन्त्रालयबाट सम्मानित हुनुभएको छ ।
राष्ट्रिय समाचार समिति (रासस)का बैतडी समाचारदाता विष्टलाई नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले पत्रकारिताको माध्यमबाट खेलकुद क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मान गरेको हो । विष्टलाई आज सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग महतराजले नगद २५ हजार र प्रमाणपत्रसहित सम्मान गर्नुभएको छ ।
मन्त्रालयले सुदूरपश्चिम प्रदेशबाट खेलकुदको विकास र विस्तारमा योगदान पुर्याएको भन्दै मन्त्रीस्तरबाट निर्णय भएबमोजिम विष्टलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मान गरेको हो । बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट घर भएका विष्ट विगत १२ वर्षदेखि पत्रकारितामा क्रियाशिल रहेका छन् । उक्त पुरस्कारले खेलकुदको विकास र विस्तारमा कलम चलाउन उर्जा बढेको बताउदै सम्मानित हुनुभएका पत्रकार विष्टले पत्रकारिता क्षेत्रमा लागिरहन जिम्मेवारी पनि बढाएको बताउनुभयो ।
सुदूरपश्चिमबाट विष्टसंगै मन्त्रालयले विभिन्न प्रदेशका गरि १० जनालाई सम्मान गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया