कैलालीमा हत्या गरिएका दासको शव ३ दिनपछि उठाइयो

दार्चुला । शनिबार कैलालीमा मृत अवस्था फेला परेका अर्जुन दासको शव तीन दिनपछि उठाइएको छ। जानकी गाउँपालिका–९ का २५ वर्षीय दासको शव परिवारले उठाएका हुन्। उनको शव विभत्स हत्या गरिएको अवस्थामा अमरावति सामुदायिक वनमा फेला परेको थियो। प्रहरीले हत्याको आशंकामा एक जनालाई पक्राउ गरिसकेको छ।

उनको हत्या गरिएको र हत्याराहरु अहिलेसम्म नसमातिएको बताउँदै प्रहरी प्रशासनलाई दबाब दिन ललित परियारको संयोजकत्वमा संघर्ष समिति बनाइएको छ। समितिले ४ बुँदे माग राख्दै संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ। दासका परिवारले हत्यारालाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेका छन्।

दासको विभत्स हत्यापछि एउटा अडियो बाहिरिएको थियो। हत्यापछि दुई युवाबीच भएको फोन रेकर्ड बाहिरिएपछि फोनमा भएको कुराकानीको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। मृतक दासका बुवा, आमा र दाई भारतमा रोजगारीको लागि बस्दै आएका छन् भने जानकी गाउँपालिकामा उनका श्रीमती, छोरी र भाउजु बस्दै आएका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?