डडेल्धुराका जिसस प्रमुख भट्टको निधन

दार्चुला । जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टको निधन भएको छ। काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइरहेका भट्टको सोमबार निधन भएको हो।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहभागी हुन डडेल्धुराबाट काठमाडौं पुगेका प्रमुख भट्ट मंसिर २८ गते एक्कासी बेहोस भएका थिए। त्यसपछि उहाँलाई सुमेरु अस्पतालमा भर्ना गरियो। त्यहाँ ठीक नभएपछि थप उपचारका लागि उनलाई अन्नपूर्ण न्यूरो अस्पतालमा लगिएको थियो। सुगर लेभल र ब्लड प्रेसर बढेपछि चिकित्सकले उहाँलाई ‘ब्रेन ह्यामरेज’ भएको बताएका थिए।

भट्टका २ छोरी र १ छोरा छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?