अमरगढी नगरपालिकामा जिसस प्रमुख भट्टको निधनमा आज सार्वजनिक बिदा

दार्चुला । डडेल्धुरा जिल्ला समन्वय समितिका प्रमुख गणेश भट्टको निधनमा आज (मंगलबार) अमरगढी नगरपालिकाले सार्वजनिक बिदा दिइएको छ।

भट्टको निधनमा शोक व्यक्त गर्दै मंगलबार सार्वजनिक बिदा दिइएको नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझाले जानकारी दिनुभयो ।

आज नगरमा अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण कार्यालय, शैक्षिक संस्था बन्द रहने छन्। ५० वर्षीय भट्टको बे्रन हेमरेजको कारण सोमबार निधन भएको थियो।

एक्कासि बेहोस भएपछि उनलाई गत २८ मंसिरमा उपचारका लागि काठमाडौं लगिएको थियो। अन्नपूर्ण अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो। भट्ट कांग्रेसबाट जिसस प्रमुखमा निर्वाचित भएका थिए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?