सुदूरपश्चिम भूगोलबाट कांग्रेश सदस्यमा जोशी, रावल र मिश्र बिजयी, दार्चुलाका भट्ट पराजित

दार्चुला । नेपाली काँग्रेसको सुदूरपश्चिम भूगोलतर्फ दुई केन्द्रीय सदस्यमा यज्ञराज जोशी र डा. रणबहादुर रावल विजयी भएका छन्। मंगलबार साँझ प्राप्त मतपरिणाम अनुसार रावलले २६६९ र जोशीले २०४४ मत ल्याए। भरतबहादुर खड्का, पुष्करराज ओझा, दिवानसिंह विष्ट र गणेशराज भट्ट भने पराजित भएका छन्। पराजित भएकामध्ये गणेशराज भट्ट दार्चुलाका हुन् ।

खड्काले १८०६, विष्टले १७१२, ओझाले ४५० र भट्टले ४२२ मत मात्रै पाए। विजयी भएका दुबै शेरबहादुर देउवा पक्षका हुन्। भूगोलतर्फ एक महिलासहित तीन जना केन्द्रीय सदस्यका लागि मतदान भएको थियो। महिलातर्फ पनि देउवा पक्षकै सुशिला मिश्र भट्ट विजयी भएकी छिन्। उनले २४२२ मत पाइन। यस्तै चन्द्रा जोशीले १७६३ र रमिता देउवा शाहले ४०३ मत मात्रै पाएका छन्।

यसअघि सुदूरपश्चिमबाट कांग्रेशको केन्द्रीय सभापतिमा डडेल्धुरा घर भएका प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । भने खुला केन्द्रीय सदस्यमा एनपी साउद, रमेश लेखक र दिलेन्द्रप्रसाद बडू निर्वाचित हुनुभएको छ । नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री समेत रहनुभएका बडू दार्चुलाका हुन ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?