पीएम कप राष्ट्रिय क्रिकेटः बैतडीका २८ खेलाडी बन्द प्रशिक्षणमा

दार्चुला । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीका २८ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाइएको छ। प्रदेशस्तरीय छनोट प्रतियोगिता खेल्नका लागि अन्तिम १४ को टोली घोषणा गर्न २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो।

उनीहरुको बन्द प्रशिक्षण शुक्रबारदेखि मेलौली खेल मैदानमा हुने बैतडी जिल्ला क्रिकेट सङ्घले जनाएको छ। बिहीबार देहिमाडौँमा सम्पन्न जिल्लास्तरीय छनोट प्रतियोगितामा राम्रो प्रर्दशन गरेको आधारमा उनीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको छनोट समितिका सदस्य तथा दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्र बोहराले जानकारी दिनुभयो ।

छनोट हुने खेलाडीमा दीपक बोहरा, डम्बर बुडाल, वीरेन्द्र नाथ, प्रदीप चन्द, सुनिल चन्द, लोकेन्द्र चन्द, राजु भाट, जगदीश चन्द, गोपी नाथ, नरेन भट्ट, जयराम भट्ट, भुपेन्द्र चन्द, प्रशान्त कार्की र दीपेन्द्र जोशी रहेका छन्। वसन्त भट्ट, राम चन्द, महेश जोशी, धिरु मल्ल, श्याम साउद, मदन चन्द, ऋषिकेश बोहरा, आकाश चन्द, गजेन्द्र बोहरा, प्रेम बुडाल, खडक बोहरा, सुरेन्द्र चन्द, हिक्मत महरा र लक्ष्मण महरा पनि बन्द प्रशिक्षणका लागि छनोट भएका छन्।

खेलाडी छनोट समितिमा सुदूरपश्चिम प्रदेश प्रमुख प्रशिक्षक दीपेन्द्रबहादुर चन्द, बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव शेरसिंह खत्री, दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्र बोहरा र बैतडी जिल्ला क्रिकेट सङ्घका सदस्य वीरसिंह बोहरा रहेका थिए। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता नेपाल क्रिकेट सङ्घको आयोजनामा यही पुस २५ गतेदेखि काठमाडौँमा हुँदैछ। रासस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?