अन्तरपालिका भलिबलः उपाधि मेलौलीलाई, सिगास उपविजेता

दार्चुला । बैतडीको पञ्चेश्वरमा सम्पन्न अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ। बिहीबार भएको फाइनल खेलमा सिगासलाई ३–२ को सेटले पराजित गर्दै मेलौलीले उपाधि हात पारेको हो।

उपाधिसँगै मेलौलीले १ लाख १० हजार १ सय १ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। सिगासले ७५ हजार १ सय १ नगद, कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ। मेलौली दशरथचन्द नगरपालिकालाई हराएर फाइनलमा प्रवेश गरेको हो भने सिगास पञ्चेश्वर गाउँपालिकालाई हराउँदै फाइनलमा पुगेको हो। यसैगरी मेलौली नगरपालिकासँग पराजित भएको दशरथचन्द नगरपालिका तृतीय भएको छ।

पञ्चेश्वर गाउँपालिकालाई २-१ को सेटमा हराउँदै दशरथचन्द नगरपालिका तृतीय भएको हो। तृतीय स्थान हाँसिल गरेको दनपाले ५० हजार १ सय १ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने सान्त्वना स्थान हाँसिल गरेको पञ्चेश्वर ए ले ३० हजार १ सय १ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

पुस ५ गतेबाट सुरु भएको प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?