शिक्षा अधिकृत ओझाको व्यासबाट विदाइ, लेकममा सरुवा

दार्चुला । दार्चुलाको व्यास गाउँपालिकामा कार्यरत शिक्षा शाखा प्रमुख (शिक्षा अधिकृत) केशवराज ओझाको विदाइ गरिएको छ । विगत दुई बर्षदेखि व्यास गाउँपालिकामा कार्यरत शिक्षा अधिकृत ओझाको लेकम गाउँपालिकामा सरुवा भएपछि व्यासबाट विदाइ गरिएको हो ।

विदाइ कार्यक्रमको अवसरमा व्यासको शिक्षा क्षेत्रको विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै सुभकामना व्यक्त गरिएको व्यास गाउँपालिकाले जनाएको छ । लेकम गाउँपालिका वडा नम्बर ४ खरकडा घर भएका ओझाको गृह पालिकामा सरुवा भएको हो । अधिकृत ओझाले लेकम गाउँपालिकाको शिक्षा शाखा प्रमुखको जिम्मेवारी प्राप्त गर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?