दार्चुला । कैलालीको जानकी गाउँपालिका-९ का अर्जुन दासको परिवार शव बुझ्न सहमत भएको छ । आइतबार भएको छलफलपछि गाउँपालिकासँग माग सम्बोधनका लागि ६ बुँदे सहमति भएपछि पीडित परिवार शव बुझ्न तयार भएको हो ।
जानकी गाउँपालिका-९ का वडाध्यक्ष खकेन्द्र भण्डारीले पीडित पक्षले उठाएका ८ बुुँदेमध्ये ६ वटा माग सम्बोधन गर्ने विषयमा लिखित सहमति भएपछि मृतकको परिवार शव बुुझ्न सहमत भएको जानकारी दिनुभयो । ।
हत्यामा संलग्नलाई आजीवन कारावास, मृतकलाई शहीद घोषणा, मृतकका छोराछोरीलाई राहत र उच्च शिक्षाको ग्यारेन्टी, परिवारको सुरक्षा लगायत ८ बुँदे माग पीडित पक्षले राखेका थिए ।
पुस २ गते शुक्रबार साँझ घरबाट हिँडेका अर्जुन दास घाँटी काटिएको अवस्थामा भोलि पल्ट स्थानीय अमरावती सामुदायिक वनमा मृत फेला परेका थिए ।
हत्यामा संलग्न एक जना पक्राउ परेका छन् भने अरु तीन जना फरार रहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया