दार्चुला : सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात भएको छ। दार्चुला, बैतडी, डडेल्धुरा, बाजुरा र लगायतका जिल्लाका विभिन्न स्थानमा हिमपात भइरहेको हो।

दार्चुला जिल्लाको ब्यास, दुँहु, मार्मा, नौगाड, अपी हिमाल गाउँपालिका लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । बैतडीको ढोल्यामोड, खोड्पे, सतबाँझलगायतका स्थानमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो। डडेल्धुरा सदरमुकाममा मंगलबार साँझ ७ बजेपछिबाट पानीसँगै हिउँ पर्न सुरु भएको थियो। जिल्लाका केही स्थानमा हिजो साँझदेखि र केही स्थानभमा आज बिहानदेखि हिमपात भइरहेको उहाँले बताउनुभयो। हिमपातका कारण गाडीहरु नचलिरहेको हुदा यात्रु ुमस्यामा परेका छन ।

यस्तै, बाजुरामा पनि हिमपात भइरहेको छ। जिल्लाका हिमाली गाउँपालिका, बुढीनन्दा, स्वामीकार्तिक गाउँपालिका, बडीमालिका नगरपालिकाका विभिन्न स्थानमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुरका प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझाले बताएकाछन। डडेल्धुरा, बैतडी, बाजुरालगायतका जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएसँगै चिसो बढ्दा जनजीवन प्रभावित बनेको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?