एसियन सेन्ट्रल जोन विजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने सरकारको निर्णय

दार्चुला । सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता नेपाली खेलाडीलाई नगद पुरस्कार दिने भएको छ ।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्जकप बिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कार दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । उपाधि विजेता टोलीमा रहेका १२ जना खेलाडीलाई जनही ५र५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख दिने निर्णय भएको हो ।

बंगलादेशको ढाकामा मंगलबार सम्पन्न फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालले सेन्ट्रल जोन महिला भलिबलको उपाधि रक्षा गरेको थियो । उपाधि विजेता नेपाली टिम भोलि (बिहीबार) स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?