दार्चुला । दार्चुलाको महाकाली नगरपालिका भित्रका विद्यालय माघ ४ गतेसम्मका लागि बन्द भएका छन् । आइतबारदेखि १० दिनसम्म पठनपाठन बन्द हुने नगरपालिकाले जनाएको छ। नगरपालिका भित्रका विद्यालयहरुले शुक्रबार (हिजो) नै विद्यार्थीहरुलाई माघ ४ गतेसम्मका लागि विद्यालय विदा भइसकेको जानकारी गराएका छन् ।
बढ्दो चिसोले विद्यालय आउने बालबालिकाहरुको स्वास्थ्यमा समस्या निम्त्याउने हुँदा नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई पठनपाठन बन्द गर्न आग्रह गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत नरसिह बडालले जानकारी दिनुभयो । हाल नगरपालिकाभित्र ९ वटा संस्थागत र ४८ वटा सामुदायिक विद्यालय रहेका शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ।
दार्चुला बहुमुखी क्याम्पस दार्चुलाले भने सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयको निर्णय अनुसार यसअघि नै हिउँदे विदा दिइसकेको छ । पुस १५ गतेदेखि माघ ४ गतेसम्मका लागि क्याम्पसमा पठनपाठन बन्द गरिएको क्याम्पस प्रमुख कृष्णसिंह साउदले जानकारी दिनुभयो । विदाको दिन बाहेक विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म क्याम्पस प्रशासन भने सञ्चालनमा रहेको क्याम्पस प्रमुख साउदले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया