अपिहिमाल गाउँपालिकामा बालबिकास सहजकर्ताहरुलाई दुई दिने क्षमता विकास तालिम

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा बालबिकास सहजकर्ताहरुलाई दुई दिने क्षमता विकास सम्बन्धि तालिम दिइएको छ । शुक्रबारदेखि सुरु भएको तालिम आज सम्पन्न भएको हो ।

तालिममा शिक्षण सम्बन्धी आधारभुत कुराहरुबारे प्रशिक्षित गरिएको अपिहिमाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत प्राविधिक सहायक मदनराज जोशीले जानकारी दिनुभयो । यो अलि चाडै गर्नुपर्ने र अनिवार्य थियो उहाँले भन्नुभयो, केही ढिलो भएपनी बालबिकास सहजकर्ताहरुका लागि आयोजित तालिम प्रभावकारी भएको छ । अब छिट्टै शिक्षक र पालिका स्तरका शिक्षकहरुलाई समेत तालिमको व्यवस्था हुनुपर्ने उहाँले बताउनुभयो । संघीयतापछि शिक्षकहरुलाई तालिकको व्यवस्था नहुदा परिवर्तित पाठ्यक्रम अनुसार शिक्षण गर्न कठिन भइरहेको छ ।

अपिहिमाल गाउँपालिकामा बालबिकास सहजकर्ताहरुलाई दुई दिने क्षमता विकास सम्बन्धि तालिमको अध्यक्षता शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विरेन्द्र सिह साउदको रहेको थियो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण सिह धामीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको सञ्चालन प्राविधिक सहायक मदन राज जोशीले गर्नुभएको थियो । शिक्षा शाखामा कार्यरत कर्मचारी करविर सिह बोहराले स्वागत मन्तव्य राखेको उक्त तालिममा शिक्षा अधिकृत विरेन्द्र सिह साउद र प्राविधिक सहायक मदन राज जोशीले प्रशिक्षण गर्नुभएको थियो ।

सायद ५ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ

सायद ५ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?