दार्चुला । एमाले बैतडीको नेतृत्वको लागि अन्ततः सहमति भएको छ । सहमतिमै पुनः सुरेन्द्र पाल एमाले बैतडीको अध्यक्षमा शनिबार सर्वसम्मत चयन भएका छन ।
दुई दिनको रस्सा कस्सि पछि गोरख बहादुर चन्दले अध्यक्ष पदबाट पछाडि हटेर सहमति गरेपछि एमाले अध्यक्षमा पुनः पाल चयन भएका हुन ।
उपाध्यक्षमा रमिल बम , सचिवमा चक्र कार्की , उपसचिवमा सरस्वती नेपाली ,लोकेन्द्र भण्डारी चयन भएका छन ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया