भारतमा एकै दिनमा एक लाख ७९ जनामा कोरोना संक्रमण

दार्चुला । भारतमा कोभिड संक्रमण तीव्र वेगमा बढिरहेको छ । हिजो एकै दिन १ लाख ७९ जनामा संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ ।

पछिल्लो समयमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पनि संक्रमण बढेको छ । दिल्लीमा ३ सय प्रहरीमा कोभिड संक्रमण देखिएको छ । भारतमा दैनिक संक्रममण दर औषतमा ११ प्रतिशत छ ।

भारतका २७ वटा राज्य र युनियन टेरिटोरीमा ओमिक्रोन फैलिएको छ । संक्रमण बढेसँगै सरकारले बुस्टर डोजलाई तिव्रता दिएको छ । १५ देखि १८ वर्ष समूहका २ करोडभन्दा बढी युवालाई पूर्ण खोप लगाइसकिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?