दार्चुला । सरकारले देशभरि १५ दिनका लागि सम्पूर्ण बिधालय बन्द गर्ने निर्णय गरेको छ । लगायत देश भरि कोरोना सङ्क्रमण बढ्न थालेपछि सरकारले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने हिसाबले बिधालय बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
यस्तै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिस अनुसार जमघट, भेला, सभा, सम्मेलन , मेला महोत्सव,बिधालय लगायत भिडभाड हुने ठाउँहरूमा बैतडीमा पनि कडाइ गर्न लागिएको जिल्ला प्रसाशन कार्यलय बैतडीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका सुचना अधिकारी खगेन्द्र भारतीका अनुसार सीसीएमसीसीको सिफारिसलाई उच्च प्राथमिकता दिएर कार्यान्वयन गर्ने बताउनुभयो ।
जिल्लाका अधिकांश ठाउँमा चिसोका कारण विद्यालय हरु बन्दनै रहेको र बाँकी सञ्चालमा आएका विद्यालय हरुमा सीसीएमसीसीको सिफारिसको आधारमा बन्द गर्न सुचना गर्ने बताएका छन ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया