दिल्लीमा कोरोना बढेसँगै निजी कार्यालय बन्द गर्न निर्देशन

दार्चुला । भारतको राजधानी नयाँँ दिल्लीमा विपद् व्यबस्थापन निर्देशनालय ९डीडीएमए० ले निजी कार्यालयहरु बन्द गर्न निर्देशन दिएको छ । कोरोना संक्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै यस्तो आदेश दिइएको हो ।

डीडीएमएले सबै कार्यालयहरुलाई घरबाटै काम गर्ने प्रवन्ध मिलाउन भनिएको छ । साथै, दिल्लीमा कडा प्रतिबन्ध लगाउँदै सबै रेष्टुरेन्ट र बार पनि बन्द गरिएको छ । यसअघि, दिल्लीमा संक्रमण नियन्त्रणका लागि चालिएका कदमहरु प्रभावकारी नभएपछि यो नियम लागु गरिएको हो ।

डीडीएमएको निर्देशनालयका अनुसार आपतकालिन सेवाको लागि मात्र निजी कार्यालय खुल्ला रहनेछन् । सोमबार देशभर एक लाख ६९ हजार बढी संक्रमित हुँदा दिल्लीमा मात्र १९ हजार संक्रमित थपिएका थिए ।

यसैबीच, उत्तराखण्डको हरिद्वार जिल्ला प्रशासनले जनवरी १४ मा सुरु हुने मकर संक्रान्ति स्नानमा प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?