बुधबार सेती प्रयोगशालामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

दार्चुला । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टा १०५ नमुना परीक्षण गर्दा थप ४५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै २४ घण्टामा प्रादेशिक अस्पतालमा ८ जना नयाँ संक्रमित भर्ना भएका छन् । भने दुईजना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । हाल अस्पतालमा १३ जना संक्रमित विरामीको उचार भइरहेको सुचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई जना संक्रमितको आइसियु र एक जना संक्रमित विरामीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । पछिल्लो केही दिनयता सेती प्रादेशिक अस्पतालमा संक्रमित विरामीको संख्या बढ्न थालेको सुचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?