दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ । अपिहिमाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा जिल्ला युवा समिति दार्चुलाको सहजिकरणमा चार दिने नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न भएको हो ।
माघ ३ गतेदेखि सञ्चालन भएको नमुना युवा संसद अभ्यास कार्यक्रममा युवा परिषद बैतडीका अध्यक्ष सन्तोषप्रकाश जोशी, डडेल्धुराका अध्यक्ष भरत मल्ल, दार्चुलाका अध्यक्ष खेमराज जोशी लगायतले प्रशिक्षण गरेका थिए । अपिहिमाल गाउँपालिका शिक्षा शाखा प्रमुख बिरेन्द्रसिंह साउदको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालको प्रमुख आतिथ्यता रहेको थियो । गाउँपालिका उपाध्यक्ष उर्मीला बोहरा, निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मणसिंह धामीको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा एमाले दार्चुलाका उपसचिव एबं युवा परिषद दार्चुलाका पूर्वअध्यक्ष खडक बडाल, अपिहिमाल गाउँपालिका वडा अध्यक्ष ३ का वडाअध्यक्ष समुद्रसिह कार्की, वडा नम्बर ६ का वडाअध्यक्ष गामसिह धामी लगायतको आतिथ्यता रहेको थियो ।
चार दिनसम्म युवा तथा विद्यार्थीहरुलाई संसदीय अभ्यासका बारेमा जानकारी गराइएको छ । प्रयोगात्मक तथा नमुनाका रुपमा संसद गठन गरेर कार्यविभाजन तथा अभ्यास गरिएको छ । अपिहिमाल गाउँपालिकामा नमुना युवा संसदका अध्यक्ष तथा गाउँपालिका अध्यक्षा धिरेन्द्र सिह ठेकरे र उपाध्यक्षमा धिरज चयन भएको र धिरेन्द्रको अध्यक्षतामा नमुना युवा संसदको अभ्यास गरिएको अपिहिमाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखामा कार्यरत प्राविधिक सहायक मदनराज जोशीले जानकारी दिनुभयो । युवाहरुलाई संबिधान र संसदीय व्यवस्थाप्रति प्रयोगात्मक जानकारी गराउन र उक्त कुराहरु व्यवहारमा लागु गर्नका लागि सहज होस भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया