दार्चुला । भारतको हरियाणा शहरमा एक ६ वर्षीया बालिकाको केहि दिनदेखि असहनीय तरीकाले पेट दुखिरहेको थियो । बालिकाले आफ्ना अभिभावकहरुसँग त्यसबारेमा भनिन् र पंचकुला सेक्टर ६ को एक अस्पतालमा उनलाई भर्ना गरियो ।
त्यहाँ डाक्टरले बालिकाको केहि परिक्षण पछि पेटमा कपालको गुजुल्टा रहेको पत्ता लगाए डाक्टरले बालिकाको अप्रेसन पश्चात उनको पेटबाट १।५ किलो कपाल निकालेको बताइएको छ ।
डा। विवेक भादू र उनको टिमले बालिकाको सफलता पुर्वक शल्यक्रिया (अप्रेशन) गरेको र अहिले बालिकाको स्वास्थ्य अवस्था ठिक रहेको भारतीय सञ्चारमाध्यमले जनाइएको छ । डा. भादू भन्छन्, ‘बालिकाको पेटमा जम्मा भएको कपाललाई सफलतापुर्वक शल्यक्रिया गर्दा आफूलाई गर्व महसुुस भएको छ ।’
बालिकाको परिवारले डाक्टरलाई खुसी हुँदै आभार व्यक्त गरेका छन् । ईमेजखबर
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया