कैलालीको एक होटलमा युवक मृत फेला

दार्चुला । कैलालीमा होटल भित्रै एक जना मृत भेटिएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका वडा नं १ का अन्दाजी ३५ वर्षीय साधन डान होटल भित्रै मृत भेटिएका हुन् ।

उनी गौरीगंगा नगरपालिका वडा नं ४ राजीपुरमा रहेको गहतेगडा होटेलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । माघ ३ गतेदेखि सोही होटेलमा बस्दै आएका डान शनिबार ओछ्यानमै घोप्टिएको अवस्थामा मृत फेला पारिएको कैलालीका डिएसपी वेदप्रकाश जोशीले बताउनुभयो ।

मृत्युको कारण भने खुल्न सकेको छैन । यस बिषयमा थप सोधपुछ र अनुसन्धान भइरहेको डिएसपी जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?