दार्चुला । विश्व व्याडमिन्टन जुनियर वर्ल्ड र्यकिङका नं १ खेलाडी प्रिन्स दाहाल वञ्जारा एग्रो फार्म विराटनगरको व्राण्ड एम्वासडर भएका छन् ।
सोमवार प्रिन्स र फार्मबीच सम्झौता भए पछि उनी व्राण्ड एम्वासडर बनेका हुन् । सम्झौतामा फार्मका सञ्चालक संजय चापागाईं र खेलाडी प्रिन्स दाहालले हस्ताक्षर गरेका छन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा नेपाल व्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सम्झौता हस्ताक्षर कार्यक्रममा उक्त फार्मले खेलकुदमा उनको स्थान बनाई राख्न सहयोग गरेको सञ्चालन चापागाईले जनाएका छन् ।
सम्झौता अनुसार उक्त फार्मले प्रिन्सलाई वार्षिक १० लाख सम्म खर्च गर्ने राखेप सदस्य श्रेष्ठले पोखरा स्पोर्टसलाई बताएका छन् । खेलाडीको सहयोगका लागि कृषि क्षेत्र अघि आउनु सुखद रहेको जनाउँदै यस्तो सहयोग खेलाडीको भावना लाई ठूलो कदर गरेको उल्लेख गर्नुभयो ।
राष्ट्रिय खेलकुद परिषद्का प्रमुख ब्याडमिन्टन प्रशिक्षक सुदिप योन्जनले निजी क्षेत्रले गरेको सहयोगले खेलाडीलाई मद्दत पुग्ने बताउनुभयो । उहाँले खेलाडीलाई कृषि क्षेत्रबाट पहिलो पटक सहयोग भएको समेत उल्लेख गर्दै यो सहयोग उदाहरणिय रहेको बताउनुभयो । प्रीन्सलाइ उक्त एग्रो सङ जोड्न ब्याडमिन्टनका अन्तरास्ट्रिय रेफ्री उदय अर्यालले भुमिका खेलेका थिए ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया