सुदूरपश्चिम खप्तड गोल्डकपको पाँचौ संस्करण फागुन १९ गतेदेखि हुने

दार्चुला । सुदूरपश्चिम खप्तड गोल्डकपको पाँचौ संस्करण फागुन १९ गतेदेखि आयोजना हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर आगामी फागुन १९ गतेदेखि प्रतियोगिता हुने जानकारी दिएको हो ।

फागुन १९ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि तयारी समेत सुरु गरिएको आयोजक क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेश सरकारले प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने भएपछि यसवर्ष प्रतियोगिताको नामाकरण ‘मुख्यमन्त्री अन्तराष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप २०७८’ गरिएको छ।

दुई विदेशीसहित १० टिम सहभागी हुने प्रतियोगिताको विजेतालाई २१ लाख तथा उपविजेतालाई १० लाख रुपैँयासहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिनुभयो । धनगढी रंगशालामा हुने प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई २०÷२० हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०÷१० हजार पुरस्कार प्रदान गरिने छ ।

फिफा र एन्फाको नियमअनुसार हुने प्रतियोगिता आयोजनामा एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितालाई दैनिक ५हजार दर्शकले प्रत्यक्ष तथा ५० लाख बढीले अप्रत्यक्ष रुपमा प्रतियोगिताबारे जानकारी पाउने आयोजकले दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?