काठको गोलियाले च्यापिएर डडेल्धुरामा एक जनाको मृत्यु

दार्चुला । काठको गोलियाले च्यापिएर अजयमेरु गाउँपालिकामा एक जना कामदारको मृत्यु भएको छ ।

गाउँकै चन्द्रज्योती आधारभुत विद्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत वडा नम्बर ४ धारीनजिकै सल्लाको काठको गोलिया सार्ने क्रममा च्यापिएर ४५ वर्षीय भोजबहादुर साहुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विद्यालय बन्द रहेको समयमा काठ कटान गरी गोलिया बनाएर निकासी गर्ने क्रममा काठको काम गर्न गएका साहुको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख प्रहरी नायव उपरिक्षक दिपेन्द्र पालले जानकारी दिनुभयो ।

मृतक साहुको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?