सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाइएको ताला दुई महिनादेखी खुलेन

दार्चुला । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज करिब दुई महिनादेखि ठप्प छ। विश्वविद्यालयमा रिक्त डिन, सहायक डिन, निर्देशक, सहायक परीक्षा नियन्त्रकलगायत पदको नियुक्तिप्रति असन्तुष्ट भएका विद्यार्थी संगठनले गत पुसमा महेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए।

महिनौँ लामो तालाबन्दीका कारण विश्वविद्यालयको नीतिगत, आर्थिकलगायतका काम प्रभावित बने पनि तालाबन्दी खुलाउने विषयमा पहल भएको देखिँदैन। विश्वविद्यालय केन्द्रीय कार्यालयका लेखा प्रमुख अशोक भण्डारीले तालाबन्दीका कारण केन्द्रीय कार्यालयको कामकाज ठप्प भएको बताउनुभयो।

‘कार्यकारी परिषद्ले आफ्नो अधिकार प्रयोग गरी रिक्त पदमा नियुक्ति दिएका हो,’ उहाँले भन्नुभयो, ‘विद्यार्थी संगठनले असन्तुष्टि जनाउँदै तालाबन्दी गरेका हुन ’

भण्डारीले विश्वविद्यालयका क्याम्पसको अध्ययनरअध्यापन भने सञ्चालनमै रहेको बताउनुभयो । रासस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?