दार्चुला । बझाङको बाहुलीखोलामा नुहाउने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ। बझाङको सदरमुकाम चैनपुरमा डेरा गरि बसिरहेका साइपाल गाउँपालिका धलौन घर भएका अन्दाजी १७ वर्षीय कल्क बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
बिहिबार दिउँसो बाहुली खोलामा नुहाउन गएका बोहरालाई डुबेको स्थानीयले देखिपछि उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल सिमखेत पुर्याइएको र उपचारको क्रममा बोहराको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया